Comments Add Comment

स्याङ्जा कारागारमा कैदी अटेनन्

२३ असोज, स्याङ्जा । स्याङ्जा जिल्ला कारागारमा कैदी बस्नको लागि समस्या भएको छ । कारागारमा क्षमता भन्दा तेब्बर कैदी भएपछि उनीहरुलाई बस्नकेा लागि समस्या भएको हो । नेपाल सरकारले तोकिदिएकेा कोटा भन्दा तेव्बर कैदी भएपछि आज भोली स्याङ्जा कारागारमा कैदी बस्नको लागि समस्या भएको हो ।

कैदी नअटेर कोठा बाहिर त्रिपल हालेर बस्न बाध्य भएको जेलर चोलाकान्त रेग्मी बताए । २५ पुरुषको कोटा र १० महिला गरी जम्मा ३५ जनाको कोटा भएको ठाँउमा हाल ८३ जना कैदी बस्न बाध्य छन् । पुरुष ७५ जना रहेका छने भने महिला ८ जना रहेको जेलर रेग्मीले जानकारी दिए ।
‘यस कारागारमा १ सय भन्दा बढी कैदी थिए ।’ जेलर रेग्मीले भने ‘बारम्बार झगडा गरेको हुदाँ २० जनालाई बाहिरी जिल्ला पठाएको भएर अहिले संख्या घटेको छ ।’

जिल्ला कारागारमा प्राय जसो सार्वजानिक केशका कैदी पर्ने भएता पनि दुई जार दिनमा निस्कने भएको हुदाँ ज्यान मार्ने उद्योगका बढी कैदी रहेको जिल्ला कारागार स्याङ्जाले बताएको छ ।

प्रतिक्षा काफ्लेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment