Comments Add Comment

बिर्खे भन्छन्-‘४० लाख लाग्ने सिनेमालाई नराम्रो भन्ने अधिकार छैन’

चलचित्र विर्खेलाई चिन्छसकी नायिकासँग कलाकार सुवास थापा
चलचित्र विर्खेलाई चिन्छस्की नायिकासँग कलाकार सुवास थापा

चलचित्र ‘बिर्खेलाई चिन्छस्’ले राम्रो व्यापार गरेपछि कलाकार सुवास थापा फुर्किएका छन् । सिनेमाको बक्स अफिस कलेक्शनले खुशी भएका सुवास अब एक बर्ष अर्को सिनेमा नबनाउने बताउँछन् । यो चलचित्रमा उनी विर्खेको भूमिकामा देखिएका थिए ।

तर, सुवास अब अफर आएका कुनै पनि सिनेमा नछोड्ने धुनमा लागेका छन् । सुवासले एक भेटमा अनलाइनखबरसँग भने-‘निर्माताले ४०-५० लाख लगानी गर्न लागेको सिनेमाको कथा नराम्रो भयो भनेर छोड्ने अधिकार मलाई छैन । यसैले अब अफर आएका सबै सिनेमा गर्छु ।’

सुवास यतिबेला एकपछि अर्को सिनेमामा व्यस्त छन् । नेपाली सिने बजारमा उनलाई घमण्डी कलाकार भन्नेहरु पनि धेरै छन् । सिनेमा निर्माणले खारिएका सुवास अर्को बर्ष फेरि नयाँ सिनेमा दर्शकमाझ प्रस्तुत गर्ने बताउँछन् ।

निरन्तर असफल सिनेमा दिएपछि फिल्म बनाउनेको नजरमा उनी पर्न सकेका थिएनन् । अब ‘बिर्खेलाई चिन्छस्’ चलेपछि भने सुवास नोटिस हुने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment