Comments Add Comment

‘लभ यू बाबा’को प्रमोशनमा ८ बर्षका निर्देशक

love-u-baba-pressmeet
८ बर्षको उमेरमा नै सिनेमा निर्देशन गरेर चर्चामा रहेका सौगात बिष्ट यतिबेला पूर्वका विभिन्न स्थानमा पुगेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

सिनेमाको प्रमोशनमा क्रममा निर्माता संझना पोख्रेल, कलाकार गजित बिष्ट, बालकलाकार संंगम बिष्टसहित सौगात पूर्व पुगेका हुन् । पूर्वका धरान, दमक र विर्तामोडमा सिनेमाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो । ८ बर्षका निर्देशकको उत्तर दिने शैली देखेर स्थानिय पत्रकारहरु पनि दंग परेको धरानबाट रंग पत्रकार अर्पण ढकालले जनाएका छन् ।

सौगातले भने-‘म यो सिनेमा हेर्न आउनुहोस् भनेर हात जोड्दिन । तर, मैले निर्देशन गरेको, बाबु-छोरीको कथा भएको र सिनेमा भित्र सबै मसला भएकाले दर्शकले हेर्नुहुन्छ भन्ने विश्वास छ ।’

उनले ८ बर्षको बालकले निर्देशन गरेको सिनेमा कस्तो छ भनेर पनि दर्शक हलसम्म आउने बताए । चलचित्रमा गजित बिष्ट र संगम बिष्ट बाबु-छोरीको भूमिकामा देखिएका छन् । यसका साथै चलचित्रमा अशिष्मा नकर्मी, निष्मा घिमिरे, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

छोराको प्रतिभा बाहिर ल्याउन सिनेमामा लगानी गरेको निर्मात्री संझना पोख्रेलले जानकारी दिएकी छिन् । चलचित्रको लगानी ४५ लाख भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment