Comments Add Comment

बेलायतका डाक्टरद्वारा बाढीपीडितलाई ६ लाख ४० हजार सहयोग

२३ असोज, काठमाण्डौं । प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा बेलायतमा वस्ने नेपाली डाक्टरहरुको संस्था नेप्लिज डाक्टर्स एशोसियसन यूकेले ६ लाख ४० हजार रुपैया प्रदान गरेको छ ।
संस्थाको पूर्व अध्यक्ष डा.अच्यूत प्रसाद धितालले सो रकम उल्लेखित चेक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रममा संचारमन्त्री डा. मिनेन्द्र रिजाल पनि उपस्थित थिए ।
केही समय पहिले नेपालमा आएको पहिरो र बाढीबाट पीडितहरुलाई सघाउने उद्देश्यले बेलायतमा सो रकम संकलन गरिएको डा. धितालले बताए । सुनकोशीमा पहिरो आएपछि नेपालमा हुने प्राकृतिक विपत्तिमा सघाउने उद्देश्यले च्यारिटी डिनरको आयोजना गरी सो रकम संकलन गरिएको थियो ।
स्वदेशमा परेको विपत्तिमा विदेशमा रहेका नेपालीले सहृदयतापूर्वक सघाएकोमा प्रधानमन्त्री कोइरालाले डा. घिताल र उहाँ मार्फत नेप्लिज डाक्टर्स एशोसियसन यूकेलाई धन्यबाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment