Comments Add Comment

धादिङमा शिक्षकको हत्या

२४ असोज, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-१३ स्थित पाँचकन्या निम्न माध्यमिक विद्यालयका शिक्षक भरतसारु मगरको बञ्चरो प्रहार गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार शिक्षक मगर बुधबार राति घर नआएपछि परिवारले खोजी गर्दै जाँदा उनको शव बिहीबार घर नजिकैको कोदोबारीमा फेला परेको थियो ।
घटनाको अनुसन्धान भइरहेको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक शिक्षक नेपाल शिक्षक सङ्घको सदस्यसमेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment