Comments Add Comment

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

Kathmandu-Light-1

२४ असोज, काठमाडौं । अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । चीनका राष्ट्रपति वा भारतका प्रधानमन्त्री आउँदा काठमाडौंका सडकसमेत पखालेर राम्रो पार्ने प्रचलन छ ।

पाहुना आउँदा सिँगार-पेटारमा रमाउने काठमाडौं सहर फेरि यतिबेला बेहुलीजस्तै सिँगारिन थालेको छ । सडकहरु सफा र झिलीमिली बन्न थालेका छन् । तस्वीरमा हेर्नेलाई पत्याउनै गाह्रो हुन थालेको छ, यो काठमाडौं हो या विदेशको कुनै सभ्य सहर ?

आगामी मंसिरमा हुने सार्क शिखर सम्मेलनमा दक्षिण एशियाका विभिन्न राष्ट्रका प्रमुखहरु काठमाडौं आउने भएकाले यो सहरलाई फेरि एकपटक सिँगार्न थालिएको हो ।

Kathmandu-Light-2

त्यसो त सार्कलाई मात्रै मध्यनजर गरेर होइन कि फराकिलो बनाइएको राजधानीमा सोलारबाट सडक बत्ती बाल्ने अर्को चिनियाँ प्रोजेक्टले  पनि यतिबेला राजधानीमा धमाधम निर्माणको काम अघि बढाइरहेको छ । सार्कै सम्मेलनलाई लक्षित गरेर सडक झिलीमिली बनाउने अभियान थालिएको छ ।

सडकमा सोलार बत्ती जडान गरिएपछि राजधानी दिनमा भन्दा रातमा निकै आकर्षक देखिन थालेको छ । अनलाइनखबरका लागि श्रीधर पौडेलले क्यामेरामा कैद गरेका काठमाडौं शहरका पछिल्ला केही दृश्य यस्ता छन् :

Kathmandu-Light-3
नयाँ बानेश्वर चोक
Kathmandu-Light-4]
बबरमहल
Kathmandu-Light-9
भद्रकाली
Kathmandu-Light-10
सुन्धारा
Kathmandu-Light-11
दरबारमार्ग
Kathmandu-Light-12
बबरमहल
Kathmandu-Light-14
विजुलीबजार पुल
Kathmandu-Light-16
माइतिघर
Kathmandu-Light-5
नयाँबानेश्वरदेखि बबरमहलसम्को दृष्य
Kathmandu-Light-15
एनएसी अगाडि
Kathmandu-Light-7
विजुलिबजार पुलबाट देखिएको दृष्य

Kathmandu-Light-6 Kathmandu-Light-8 Kathmandu-Light-13 Kathmandu-Light-17 Kathmandu-Light-18

तस्वीरः श्रीधर पौडेल, विकाश श्रेष्ठ, कविन अधिकारी/ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment