Comments Add Comment

र्‍याडिसन होटलको १० प्रतिशत लाभांश पारित

Radisson-Hotel

२५ भदौ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा सञ्चालित पाँचातारे र्‍याडिसन होटलले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १० प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ ।

होटल सञ्चालक समितिले भदौ २४ गते पेश गरेको बोनश प्रस्ताव होटलको शुक्रबार ललितपुरमा सम्पन्न १७औं वाषिर्क साधारण सभाले पारित गरेको छ । होटलले सेयरधनीहरुलाई पहिलो पटक बोनश वितरण गर्न लागेको हो ।

निरन्तर घाटामा रहेको होटलले गत आर्थिक वर्षमा १५ करोड ९४ लाख रुपैयाँ सञ्चित नोक्सानी कटौती गर्दै ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । सो अवधिमा होटलले २१ करोड १ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।

होटलले गत आर्थिक वर्षमा एक अर्ब ७ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यस अवधिमा होटलले ६३ करोड ४७ लाख रुपैयाँ कुल सञ्चालन खर्च गरेको  छ । होटलले ४४ करोड रुपैयाँ ४३ लाख रुपैयाँ कुल सञ्चालन गर्न सफल भएको जनाएको छ ।

यस होटलले २०५७ सालमा सर्वसाधारणमा सेयर जारी गरेको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कारणले गर्दा देशको पर्यटन क्षेत्रमा नकरात्मक असर परी देशमा सञ्चालनमा रहेका करिब ९/१० वटा तारे होटल बन्द हुँदा पनि यो होटलले प्रतिकुल परिस्थितिको सामना गर्दै अहिलेको अवस्थामा आइपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment