Comments Add Comment

इबोलाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

२५ असोज, काठमाडौं । इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको विश्व श्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

ebolaपश्चिमी अफ्रिकी देश गिनी, लाइबेरिया र सिएरा लियोनमा मात्र ४ हजार २४ को मृत्यु भएको छ ।

सबैभन्दा बढी लाइबेरियामा छन् । त्यहाँ २ हजार ३१६ जनाको मृत्यु भएको छ । सिएरा लियोनमा ९३० र गिनीमा ७७८ जनाको मृत्यु भएको छ ।

नाइजेरियामा ८ र अमेरिकामा एक जनाको ज्यान गएको छ ।

इबोला भाइसरबाट ८ हजार ३ सय ९९ संक्रमित भएको र उनीहरु मध्ये धेरै पश्चिम अफ्रिका का छन् ।

स्वास्थ्यकर्मी पनि खतरामा

संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकामा २३३ भन्दा बढी स्वास्थ्यकर्मीेको समेत मृत्यु भएको छ । हालै मात्र स्पेनमा इबोला संक्रमितको उपचार गरेकी नर्सलाई पनि यो संक्रमण लागेको खबर आएको थियो ।

इबोला मामिलामा राष्ट्रसंघका विशेष दूत डेविड नेबेराले हरेक देशले इबोलासँग जुध्न सक्रियता नदेखाए विश्वमा इबोलाको खतरा रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment