Comments Add Comment

नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ हो- प्रधानमन्त्री

SERATON  HOTEL (1)

२५ असोज, काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक शान्ति र स्थायित्वको बाटो अगाडी बढिरहेकाले नेपालमा लगानी भित्राउन बिदेशी लगानीकर्ता र गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको लगानीमा काठमाण्डौ स्थापना हुन लागेको पाँचतारे लक्जरी होटल ‘शेराटन काठमाण्डौ होटल’को शिलन्यास गर्दै प्रधानमन्त्री कोइरालाले भने- ‘नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो, यहाँ लगानी गर्नुहोस, शान्ति सुरक्षाको ग्यारेन्टी हामी गछौं ।’

बिदेशमा आर्जन गरेको सीप र पूँजी नेपाल भित्राउन र प्रत्यक्ष बैदेशिक लगानीको वातावरणका लागि पनि भूमिका खेलिदिन उनले गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।

एनआरएन अध्यक्ष घलेले हिम्मत र शाहसका साथ ठूलो लगानी गर्न लागेको भन्दै प्रधानमन्त्रीले यसले बिश्व समुदायमाझ नेपाल लगानीमैत्री मुलुक हो भन्ने सन्देश जाने बिश्वास लिए ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले शेराटनमा घलेले गरेको लगानी नेपालका लागि अष्ट्रेलियाको सवैभन्दा ठूलो लगानी भएको बताउँदै यसले अष्ट्रेलियाको पनि प्रतिष्ठा बढाएको बताए ।

शेराटन होटलका एसिया प्यासिफक क्षेत्रीय उपाध्यक्ष दिलीप पुरीले एमआर्यटी ग्रुपसँग मिलेर शेराटन करिव ३० बर्षपछि पुनः नेपाल आएको बताउँदै यसले नेपालको पर्यटन उद्योगलाई टेवा पुर्‍याउने बिश्वास लिएको बताए ।

प्रधानमन्त्री कोइरालाले सो अबसरमा बिधिवध पुजा गरी होटलको शिलन्यास गरेका थिए ।

SERATON  HOTEL (13)

होटलका प्रर्बद्धक एमआईटी ग्रुप होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत शेष घलेले नेपालमा लगानीमैत्री वातावरण नबनेको भएपनि एक गैरआवासीय नेपाली नागरिकका नाताले मातृभूमिप्रतिको दायित्व सम्झेर ठूलो लगानी भित्राएको बताए । यसले नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने भन्दै उनले लगानीमैत्री नीति र ब्यबहार दुवै अंगीकार गर्न सके यस्ता ठूला बिदेशी लगानी आर्कषिर्त हुनसक्ने बताए ।

‘नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आतुर छन्, लगानीको वातावरण भएमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भित्रिनेछ’ घलेले भने- ‘अनि पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड बन्ने छ ।’

यस्तो हुनेछ होटल

एमआईटी ग्रुप होल्डिङस अष्ट्रेलियाको एकल लगानीमा स्थापना हुन लागेको होटलको संचालन र ब्यबस्थापन बिश्वचर्चित शेराटन ब्राण्डको प्रर्बद्धक स्टारवुड ग्रुपले गर्ने छ । होटलमा सतप्रतिशत बैदेशिक लागनी रहने छ ।

SHERATON-KATHMANDU_FRONT-FACE-Final

करिव १४ रोपनी क्षेत्रफलमा निर्माण हुने होटल १७ तलाको हुने छ । होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम रहनेछन् ।

होटलको डिजाइन र नक्सा पास भइसकेको जानकारी दिादै घलेले अबको २/३ महिनाभित्रमा निर्माण कार्य सुरु हुन बताए । सन् २०१७ को अन्त्यसम्ममा होटलको निर्माण कार्य सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

पाँचतारे लक्जरी होटल शेराटन काठमाडौंमा २१८ वटा गेष्टरुम तथा सुइट रुम रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा यस होटलमा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।

विवाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष रहने छ । जुन सभाकक्ष काठमाडौंमा हालसम्म उपलब्धमध्ये सबैभन्दा ठूलो हुने दाबी गरिएको छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।

भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट’ बिधिमार्फत् गरिने छ, जुन काठमाडौंमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ । होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल संचालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने छन् ।

SERATON  HOTEL (3)

बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल एण्ड रिसोर्ट वल्डवाइड इंक’ले संचालन गर्ने विभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् । स्टारवुडले शेराटनबाहेक  St. Regis®, The Luxury Collection®, W®, Westin®, Le Méridien®, Sheraton®, Four Points® by Sheraton, Aloft®, and Element® ब्राण्डमा बिश्वका झण्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ जहाँ करिव १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् ।

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स’ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज संचालन गरिरहेको छ जहाँ करिव ३ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका बिभिन्न व्यवसायिक भवनहरुको स्वामित्व छ ।

SERATON  HOTEL (5) SERATON  HOTEL (6) SERATON  HOTEL (10) SERATON  HOTEL (18) SERATON  HOTEL (21) SERATON  HOTEL (22) SERATON  HOTEL (23) SERATON  HOTEL (25)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment