Comments Add Comment

पखाला लागेर बालकको मृत्यु

२६ असोज, रौतहट । रौतहटको शीतलपुर वैरनिया गाविसमा फैलिएको पखालाबाट एक बालकको मृत्यु भएको छ ।

स्थानीय शीतलपुर गाविस वडा नम्बर ५ का रामपुकार यादवको ९ वर्षका छोरा रामेश्वर यादवको पखालाबाट मृत्यु भएको हो ।

केही दिनदेखि पखालाबाट ग्रस्त ती बालकको समयमा उपचार हुन नसक्दा शनिबार मृत्यु भएको स्थानीय शीतलपुरस्थित निम्नमाध्यामिक विद्यालयका शिक्षक गगनदेव यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment