Comments Add Comment

तीन दिनभित्र संविधानमा सहमति जुटाउने नेताहरुको दावी

२६ असोज, काठमाडौं । संविधानका नमिलेका विषयमा सहमति जुटाउन अन्तिम पटक थपिएको ६ दनको म्याद सकिन तीन दिन बााकी रहेकाबेला शीर्ष नेताहरु जसरी पनि सहमति जुटाउने गरि वार्तामा बसेका छन् ।

आइतवार विहानैदेखि संसदको राज्य व्यवस्था समिति हलमा तीन दलका शीर्ष नेताहरु वार्तामा बसेका हुन् । दलहरुको सहमति प्रयासको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई तीन दिनसम्म धैर्य गर्न नेताहरुले आग्रह गरे ।

बैठकस्थलमा पुगेका पत्रकारहरुलाई संकेत गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले तीन दिनसम्म पत्रकारहरु सुते पनि हुन्छ भने ।

बैठक भित्र के भयो भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा नेपालले भने, ‘हामी गम्भिर ढंगले छलफलमा जुटेका छौं, यस्तो गम्भिरता यसअघि कहिल्यै थिएन, तीन दिनभित्र सहमति गर्छौं, त्यतिन्जेल तपाइाहरु सुते हुन्छ ।

दलहरुबीच संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा छलफल केन्दि्रत रहेको छ । कांग्रेसले संघीयताको बारेमा आफ्नो धारणा ल्याएपछि दलहरुबीच यो विषयमा थप छलफल केन्दि्रत भएको छ ।

तीन दलका नेताहरुले यो छलफल तीन दिनसम्म जारी रहने र यसबीचमा कुनै न कुनै सहमति निकालेरै छाड्ने प्रतिक्रिया दिएका छन् ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरु गम्भिर रुपमा छलफलमा बसेकाले एउटा साझा सहमति निस्कने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment