Comments Add Comment

गोमा एयरको नयाँ जहाजले लुक्ला र जोमसोम उडान भर्ने

Goma-Air
२६ असोज, काठमाडौं । गोमा एयरले नयाँ जहाजबाट लुक्ला र जोमसोममा व्यवसायीक उडान सुरु गर्ने भएको छ । कम्पनीले गत बिहीबार १९ सिट क्षमताको ‘एलइटी४१० युभीपी-ई२०’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो ।

चेक गणतन्त्रमा निर्मित यो जहाज गोमाले फ्याक्ट्रीबाटै नेपाल ल्याएको हो । कलसाइन ‘९एन-एकेवाइ’ रहेको यस जहाजले नागरिक उड्डयन प्राधिकरणका बाँकी प्रकृया पुरा गरेर केही दिनमै उडान सुरु गर्ने बताइएको छ ।

गोमाले हाल दुईवटा सेस्ना ग्रान्ड काराभान जहाजबाट जुम्ला, सिमिकोट, डोल्पा, बाजुरा, रारालाई हवाई सेवामार्फत सुर्खेत र नेपालगञ्जसँग जोडिरहेको छ ।

गोमाले यही मोडलको अर्को १९ सिट क्षमताको जहाज खरिद गर्ने घोषणा समेत गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी गोमा एयर प्रालिका प्रबन्ध निर्देशक मनोज कार्कीले अर्को जहाज २०१४ भित्रै नेपाल भित्राउने जानकारी दिए ।

Goma-Air-Press-Meet

‘हामी व्यापारीक क्षेत्रबाट प्राप्त प्रतिकृयाबाट उत्साहित भएका छौं, थप विश्वसनीय सेवा प्रदान गर्न हामी अर्को ‘एलइटी४१०’ जहाज छोड समयमै ल्याउँछौं’ कार्कीले भने- ‘गोमा एयर एलइटी४१० जहाज खरिद गर्ने दक्षिण एशिया क्षेत्रकै पहिलो कम्पनी हो ।’

‘एयर शो’मा सहभागी गराउने

यो जहाज सन् २०१५ फेब्रुअरीमा भारमा हुन लागेको ‘एयर शो’मा समेत सहभागी हुने भएको छ । जहाज निर्माता कम्पनी एयरक्राफ्ट इन्डष्ट्रिज अफ चेक रिपब्लिकले यस जहाज एयर शोमा पठाउन आग्रह गरेको कार्यक्रममा जानकारी दिइयो ।

कम्पनीका अनुसार यो जहाज अगामी नोभेम्बर वा डिसेम्बरमा भुटान समेत लगिने भएको छ । नेपालका छोटा धावनमार्ग भएका विमानस्थलहरुमा सञ्चालन गर्न पछिल्लो चार दशकमा मल्टी इन्जिन टर्बोप्रप जहाज खरिद गरिएको यो पहिलो हो ।

Goma-Air-2

‘युरोपेली युनियनको सहमतिसहित चेक एक्सपोर्ट बैंकले यस परियोजनामा लगानी गरिरहेको जानकारी गराउन पाउँदा हामी गौरावान्वित छौं, यो पनि नेपालमा पहिलो पटक नै हो’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘युरोपेली युनियनले नेपालमा उड्ने जहाजमा लगानी गर्न अनुमति दिनुले युरोपेली युनियनको पछिल्लो एड्भाइजरी आएको सन्दर्भमा सकरात्मक सन्देश हो ।’

युरोपियन एभियसन सेफि्ट एजेन्सी (इसा)द्धारा प्रमाणित एलइटी४१० युभीपी-इ२०’ विमान अहिले विश्वका ५० भन्दा बढी मुलुकमा सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment