Comments Add Comment

इबोला संक्रमितको उपचारमा संलग्न अमेरिकी स्वाथ्यकर्मीलाई पनि भाइरस

२६ असोज, काठमाडौं । अमेरिकाका पहिलो इबोला संक्रमितको उपचारमा संलग्न स्वाथ्यकर्मीलाई पनि इबोला भाइरस संक्रमण भेटिएको छ ।

टेक्सासका स्वाथ्य अधिकारीहरुले यसको पुष्टि गरेका छन् । तर, उनको नाम गोप्य राखिएको छ ।

शुक्रबार ज्वरो आएको थियो । तर, उनले सुरुमा परीक्षण गर्न अस्वीकार गरेको टेक्सास हेल्थ केयर सर्भिसले बताएको छ ।

अमेरिकाका पहिलो इबोला संक्रमित थोमर एरिक डन्कनको बिहीबार मात्र मृत्यु भएको थियो । पैत्रिक देश लाइबेरियामा इबोला भाइरस लागेका उनले अमेरिकाको डालसमा उपचार गरिएको थियो ।

पश्चिम अफ्रिकामा महामारीको रुप लिएको इबोलाका कारण ४ हजार बढीको मृत्यु भइसकेको छ । जसमा २३३ बढी स्वास्थ्यकर्मी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment