Comments Add Comment

गणेश थापाको पक्षमा उभिए सागर र विमल

२६ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा तथा युवा टिमका कप्तान विमल घर्ती अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष गणेश थापामाथि लेखा समितिले गरेको कारबाहीको विपक्षमा उत्रिएका छन् ।

सागर र विमलससँगै महिला कप्तान चन्दा भण्डारी, प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्री थापाको पक्षमा उभिएका हुन् ।

Sagar-and-Bimalउनीहरुले आइतबार खेलकुदमन्त्री र राखेप सदस्य सचिवलाई ज्ञापन पत्र बुझाउँदै एन्फाका पदाधिकारीको पद स्थगन गर्ने लेखा समितिको निर्णयप्रति आपत्ति जनाएका छन् ।

ज्ञापन पत्रमा भनिएको छ-‘लेखा समितिको निर्णय कार्यान्वयन भएमा फिफाको विधान अकर्षित हुने र नेपाल अन्तराष्ट्रिय फुटबलबाट प्रतिबन्धित हुनेछ ।’

प्रतिवन्धले राष्ट्रिय लिगलाई असर गर्ने र खेलाडीहरु पलायन हुने भन्दै उनीहरुले यसले भोलिका दिनमा खेलाडी नै पाउन गाह्रो हुने बताएका छन् ।

नेपाली फुटबलको भविश्य नै तहस नहस हुने भन्दै खेलाडी, प्रशिक्षक र रेफीले निर्णय पुनःविचारका लागि पहल गर्न खेलकुदमन्त्री पुरुषोतम पौडेललाई आग्रह गरेका छन् ।

यद्यपि आवश्यक छानविन गरी दोषी भएमा पदाधिकारीलाई कारबाही गर्दा कुनै आपत्ति नहुने विज्ञप्तिमा उल्लेख छ ।

एन्फाले भौतिक पूर्वाधार निर्माण, खेल तथा खेलाडीहरुलाई व्यवसायीकतातर्फ उन्मुख गराएको र आज फुटबलकै माध्यमबाट मोटरसाइकल, कार, अपार्टमेन्टका साथै नगद पुरस्कार पाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फुटबल संघलाई अनावश्यक विवादमा ल्याउँदा अन्योलको अवस्था श्रृजना भएको भन्दै उनीहरुले क्लबहरु खेलाडी सम्झौता गर्न उत्सुक नभएको, प्रशिक्षकले टिम नपाएको र प्रतियोगिता नहुँदा रेफ्री भूमिका विहीन भएको र भविश्य अन्धकारमा परेको बताएका छन् ।

फुटबल संघको क्रियाकलापबारे सम्वन्धित निकायबाट छानविन हुनु स्वभाविक भएपनि खेला समितिका सदस्यले निर्णयभन्दा फरक र पूर्वाग्रही रुपमा अभिव्यक्ति दिएको राष्ट्रिय फुटबल टोलीका कप्तान, प्रशिक्षक र फिफा रेफ्रीले बताएका छन् ।

एन्फामा झण्डै ५८ करोड भ्रष्टाचार भएको भन्दै लेखाले थापाको पद स्थगन गर्न निर्देशन दिएको छ । साथै अख्तियार र सम्पत्ति सुद्धीकरण विभागलाई छानविन गर्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment