Comments Add Comment

श्रीमतीको हत्या गर्ने सैनिक जवानलाई जन्म कैद

२६ असोज, काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकले श्रीमती हत्या अभियोगमा दोषी ठहर गर्दै सैनिक जवान दुर्गा लामिछाने मगरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश इश्वरराज आचार्यको इजलासले हत्या गर्न सहयोग गरेको भन्दै दुर्गाका भाइ तिलक लामिछाने मगरलाई एक वर्ष ६ महिना कैदको फैसलासमेत सुनाएको छ ।

काभ्रेको महाँकालचौर गाविस-५ की चन्द्रकुमारी आले मगरलेे आफ्नी छोरी २८ वषर्ीया रेजिना लामिछाने मगरको हत्या भएको भन्दै किटानी जाहेरीसहित जिल्ला अदालत काभ्रेमा एक वर्षअघि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् ।

रेजिनाको ०७० असोज २८ गते हत्या भएको थियो ।

चितवनको भरतपुरस्थित नेपाली सेनाको शम्शेरगणमा कार्यरत सैनिक जवान दुगाले श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्दै दाहसंस्कार गर्न खोजेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment