Comments Add Comment

प्रहरी चौकीलाई जग्गा दिने सम्मानित

Nepal Police२७ असोज, इलाम । इलामको श्रीअन्तुस्थित प्रहरी चौकीको भवन निर्माणार्थ जग्गा उपलब्ध गराउने स्थानीय तीन जग्गादातालाई सम्मान गरिएको छ ।
भवन उद्घाटन कार्यक्रमको अवसरमा क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नवराज सिलवालले जग्गादातालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
श्रीअन्तु-३ स्थित छिरुवामा निर्मित भवनका लागि स्थानीय खड्गबहादुर शाहले दुई रोपनी, टंकबहादुर लाप्चाले १२ आना र टेकबहादुर शाहले सात आना जग्गा दिएका थिए ।
तीन जनाले संयुक्त रुपमा दिएको जग्गामा प्रहरीले चौकी निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment