Comments Add Comment

आजै साँझसम्म सहमति हुनेमा नेताहरु आशावादी

baburam-and-bhim-rawal२७ असोज, काठमाडौं । प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरु सोमवार साँझसम्म संविधानका अन्तरवस्तुमा सहमति जुट्नेमा आशावादी देखिएका छन् ।

संघीयताका बारेमा कांग्रेस, एमाले र एमाओवादीबीच सकारात्मक छलफल अघि बढेकाले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा पनि सहमति जुट्ने सम्भावना रहेको एमाले उपाध्यक्ष भीम रावलले बताए ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरु सहमतिका लागि साँच्चिकै गम्भिर देखिएको बताएका छन् ।

भट्टराईले सोमवार विहानैदेनि समितिको बैठकमा विवादित विषयमा सहमतिको प्रयास गरेका छन् । अपरान्ह उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि समितिका संयोजक प्रचण्डले सिंहदरवारमै बोलाएका छन् ।

दुवै बैठकपछि तीन दलका शीर्ष नेताहरुबीच सोमवारै अनौपचारिक छलफलबाट सकेसम्म संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति जुटाउने सम्भावना रहेको रावलले बताए ।

संघीयतामा बढिमा सात प्रदेश हुनुपर्ने कांग्रेस एमालेको अडानमा एमाओवादी पनि सकारात्मक भएका छ । प्रदेशको नाम प्रादेशिक सभाले राख्ने कि अहिलेनै टुंगो लगाउने भन्ने छलफल चलिरहेको छ ।

एमाओवादीले ६ वा ७ प्रदेश बनाउने हो भने जातीय आधारमा नामांकन अहिलेनै गर्नुपर्ने अडान राखेको छ । कांग्रेस एमालेले बहुपहुचानका आधारमा नामांकन गर्नुपर्ने अडान राखेका छन् ।

शासकीय स्वरुपमा एमालेले भन्दै आएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा एमाओवादी पनि सहमत भएको छ । तर कांग्रेसले सुधारिएको संसदीय व्यवस्था भनेको छ, जसमा एमालेलाई सहमत गराउन कांग्रेसले खोजेको छ ।

तीन दलले आपसी छलफलसँगै दुई दलमा पनि कुरा गरिरहेका छन् भने बीचमा मधेशी मोर्चाका नेतालाई पनि सहभागी गराउदै आएका छन् । एमाले उपाध्यक्ष रावलले जसरी पनि यसपटक सहमति कायम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment