Comments Add Comment

हतियार सहित एकजना पक्राउ

२७ असोज, रौतहट । रौतहटको कटहरीया २ बाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । कटहरीया २ का ३५ वर्षीय मनु यादवलाई हतियारसहित पक्रेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

उनको साथबाट एकथान नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको प्रहरी नायव उपरीक्षक भिम ढकालले जानकारी दिए ।

गएराति शंकास्पद अवस्थामा हिडिरहेकोबेला यादवलाई रोकेर शरिर खानतलासी गर्दा हतियार फेला परेको ढकालको भनाइ छ ।

यादवलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको ढकालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment