Comments Add Comment

टयाङ्कर दुर्घटनामा नौ हजार लिटर पेट्रोल नष्ट

Petrol-Pump२७ असोज, पाल्पा । पाल्पामा भएको ट्यांकर दुर्घटनामा नौ हजार लिटर पेट्रोल नष्ट भएको छ । आर्यभञ्याङ-रामपुर सडकखण्डअन्तर्गत सिलुवा गाविसको बासुवा भन्ने स्थान नजिकै टयाङ्कर दुर्घटना भएको हो ।

बुटवलबाट पाल्पा रामपुरका लागि पेट्रोल लिएर गएको ना २ ख ५१२ नम्बरको टयाङ्कर गएराति एक बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट झन्डै १२ लाख रुपैयाँ बराबरको पेट्रोल नष्ट भएको रामपुर इन्टरप्राइजेजका सञ्चालक भोजराज भट्टराईले बताए ।

साँगुरो सडकका कारण राति घुम्तीमा ढुङ्गामा ठोक्किएर दुर्घटना भएको बताइएको छ । टयाङ्करमा चालक र अन्य दुईजना भने सकुशल रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment