Comments Add Comment

मन्दिरको भेटीबाट शौचालय निर्माण

२७ असोज, कञ्चनपुर । कञ्चनपुरको धार्मिक पर्यटन क्षेत्र ब्रहृमदेवको सिद्धनाथ मन्दिर परिसरमा मन्दिरको भेटीबाट शौचालय र स्नानगृह निर्माण सुरु गरिएको छ ।
toiletभक्तजनलाई सुविधा प्रदान गर्न शाैचालय र स्नानगृह निर्माण सुरु गरिएको हो । मन्दिरको भेटी, पसल भाडा, प्रसाद ठेक्काबाट प्राप्त आम्दानीले २० शौचालय र २० वटा स्नानगृह निर्माण सुरु गरेको सिद्धनाथ मन्दिर संरक्षण समितिका कोषाध्यक्ष टीकादत्त पनेरुले जानकारी दिए ।
मन्दिरको २८ लाख रुपैयाँभन्दा बढीको कोष रहेको छ । शौचालय र स्नानगृह निर्माणका लागि मन्दिरको कोषबाट २१ लाख रुपैयाँ बजेट परिचालन गरिएको पनि उनले बताए ।
मन्दिरमा अधिकांश दर्शनार्थी भारतीय रहने गरेका छन् । दर्शनार्थीको मन्दिरमा अधिक चाप हुने गरेका कारण शौचालय र स्नानगृह निर्माणमा जोड दिइएको उनले बताए ।
प्रत्येक वर्ष मन्दिरमा दर्शनका लागि पुग्ने दर्शनार्थीको सङ्ख्या १५ लाखभन्दा बढी हुने गरेको छ । फागुनको पूणिर्मादेखि असार महिनासम्म मन्दिरमा मेला लाग्ने गर्दछ । मन्दिरले मेलाको अवधिमा वाषिर्क रुपमा एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
यो यस क्षेत्रको प्राचीन मन्दिर हो । भारतको टनकपुरमा रहेको पूर्णगिरिको दर्शनपछि अनिवार्य रुपमा सिद्धनाथको दर्शन गर्नुपर्ने प्रचलनका कारण भारतीय दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment