Comments Add Comment

दाङमा दुई हजारले गर्भपतन गराए

२७ असोज, दाङ । दाङमा एक वर्षमा दुई हजार जनाले गर्भपतन गराएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार परिवार नियोजनका अस्थायी साधन गर्नेको संख्या विगतभन्दा बढेपनि गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको कार्यालयले जनाएका छ ।

एक वषको अवधिमा जिल्लामा ११ लाख ९२ हजार ४ सय २६ पिस कण्डम खपत भएको परिवार नियोजन अधिकृत किशोर आचार्यले बताए । आचार्यले भने-‘गर्भपतन गराउँदा लाज हुने, सामाजिक भेदभाव हुने र लान्छना लाग्ने गरेको भएपनि सुरक्षित यौन सम्पर्कतिर धेरैको ध्यान जाँदैन् । उनीहरुले परिवार नियोजन गर्ने तथा यौन रोगबाट बचाउने कण्डमको प्रयोग नगरी पछि गर्भपतन गराउने गरेका छन् ।’

परिवार नियोजनका साधनको बारेमा जानकारी नहुनेभन्दा जानाजान प्रयोग नगरी गर्भपतन गराउनेको संख्या धेरै रहेको पनि आचार्यले बताए । उनले भने-‘ बुझ्नेहरु नै स्विकृत प्राप्त मेडिकलमा गएर गर्भपतन गराउछन भने तिनै व्यक्तिहरु असुरक्षित यौन सम्पर्कमा उद्धत देखिन्छन् । जसले प्रयोगका बारेमा बुझे पनि प्रयोगमा भने कमि देखिएको छ ।’

कण्डमको उपलब्धता सहज भए पनि प्रयोगमा हिचकिचावट आउदा सबैको पहुँच नदेखिएको परिवार नियोजन संघका बरिष्ठ मेडिकल अधिकृत डा. अरबिन्द भुसालले बताए ।

निमुसंगम घर्तीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment