Comments Add Comment

गृहमन्त्रीले झूठ बोलेको भन्दै संसद अवरोध

२७ असोज, काठमाडौं । बारा घटनाबारे गृहमन्त्रीले दिएको बयान झूठो भएको भन्दै विपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् । संसदको सोमबारको बैठक सुरु हुनासाथ एमाओवादी र मधेसवादी दलहरुले उठेर विरोध गरे ।

Maoist Parliament Distrub
फाइल फोटो

सभामुखले समय दिएपछि बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गृहमन्त्रीले सदनमा झूठो बयान दिएको आरोप लगाए । उनले भने- ‘प्रहरीको आँखामा चोट लाग्दा ढल्दोरहेछ, यो घटनामा प्रहरीले मधेसीलाई अपमानजनक गाली गरेको छ, मधेसी हुनु भनेको गाली खानु हो ?’

प्रहरीले भिडलाई उत्तेजित पारेको र चेतावनी नै नदिई गोली चलाएको भन्दै यादवले घटनालाई ढाकछोप गर्न प्रहरी आफैंले गाडीमा आगो लगाएको दाबी गरे ।

मृतकलाई सहिद घोषणा गर्नुपर्ने र उक्त सडकको नाम घटनामा मारिएका जयनारायण पटेलको नाममा राख्नुपर्ने सभासद यादवले माग गरे । घटनाबारे सरकारी छानविन समिति अस्वीकार्य हुने भन्दै उनले संसदीय छानविन समिति बनाउने पर्ने मागसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment