Comments Add Comment

इटहरीमा २२ दलको शक्ति प्रदर्शन

२७ असोज, इटहरी । एमाओवादी सहितका २२ दलले सोमबार पूर्वी नेपालको इटहरीमा विरोध सभा आयोजना गरेका छन् ।

पहिचानसहितको संविधान निर्माणमा दबाव दिन २२ दलले घोषणा गरेको आन्दोलनका क्रममा सोमबार इटहरीमा संयुक्त विरोधसभा आयोजना गरिएको हो ।

ITAHARI-MA-BIRODHSAVA-22-DALविरोधसभालाई सम्बोधन गर्न राजधानीबाट एमाओवादी महासचिव कृष्णबहादुर महरा, तमलोपा अध्यक्ष महन्थ ठाकुर र खम्बुवान मोर्चाका सभासद आरके खम्बुलगायतका नेताहरु इटहरी पुगेका छन् । सभा व्यवस्थापनको जिम्मा कुमार लिङदेन संघीय लिम्बुवान राष्ट्रिय पार्टीले लिएको छ ।

राजधानीमा असोज २४ गते एमाओवादीको व्यवस्थापनमा भएको कोणसभामा सामान्य मात्रै उपस्थिति देखिए पनि इटहरीमा लिम्बुवानले शक्ति प्रदर्शन गर्ने भन्दै झापा र मोरङदेखि कार्यकर्ता सडकमा उतारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment