Comments Add Comment

सत्य निरुपण आयोग छिटो बनाउन सरकारलाई राजनीतिक समितिको आग्रह

HLPC-meet

  • राजनीतिक समितिको बैठकमा सहभागीहरू । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर 

२७ असोज, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग छिटो गठन गर्न आग्रह गरेको छ ।

तीन दलबीच भएको पाँचबुँदे असमति अनुसार गठन भएको राजनीतिक समितिको बैठक एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा बसेको थियो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला सहभागी भएनन् । कांग्रेसको तर्फबाट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला उपस्थिति भए ।
साना दलका तर्फबाट राप्रपा पूर्व अध्यक्ष सूर्यबहादुर थापा र माले महासचिव सीपी मैनाली पनि सहभागी भए ।

बैठकले समितिको कार्यक्षेत्र शान्ति प्रक्रियाका बाँकी काम र दलहरुबचि सहमतिको वातावरण बनाउन पहल गर्ने तय गरिएको छ । बैठकपछि संयोजक प्रचण्डले समितिले संविधान निर्मामा सहमतिका लागि सकारात्मक भूमिका खेल्ने बताए ।

बैठकले राजनीतिक समितिको कार्यालय, सचिवालय र मसलान्द खर्च व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । बैठकपछि संयोजक प्रचण्डले सत्य निरुपण आयोग २ वर्षको हुने भएकाले राजनीतिक समितिको कार्याकाल पनि त्यति नै हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment