Comments Add Comment

राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा धिताल नियुक्त

२७ असोज, काठमाडौं । राष्ट्रसंघका लागि नेपाली स्थानीय नियोग, जेनेभाको स्थायी प्रतिनिधि दिपक धिताल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. रामवरण यादवले सोमबार परराष्ट्र मन्त्रालयका सहसचिव धिताललाई नियुक्त गरेका हुन् ।

अन्तरिम संविधानको धारा १५० बमोजिम धितालको नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment