Comments Add Comment

चन्द्रकान्तको ‘प्रसिद्धी’

chandrarasadगायक तथा संगीतकार चन्द्रकान्त पौडेलले प्रसिद्धि नामक नयाँ एल्बम सार्वजनिक गरेका छन् । आफ्नै स्वर र संगीत रहेको एल्बममा पप, लोकपप, आधुनिक, गजल तथा देशप्रेम झल्कने गीत समावेश गरेका छन् ।

प्रसिद्धि एल्बममा समावेश गीतहरुमा डा. सनतकुमार वस्ती, राजेन्द्र पौडेल, नरहरी प्रेमी तथा गायक पौडेलका शव्दहरु समावेश गरिएको छ । एल्मबमा रहेका गीतमध्ये ‘रहे साथ तिम्रो’ तथा ‘मलाई त के गरुँ गरुँ भो’ बोलको गीतको भने भिडियो पनि तयार पारिएको छ ।

उक्त भिडियोमा दिनेश ढकाल र अनिता दहालले अभियन गरेका छन् भने रंगकर्मी श्रीराम दाहालले निर्देशन गरेकाछन् । अध्ययनका लागि दिल्ली पुगेका उनले गुरुकुलीय शिक्षा आर्जनसँगै संगीत कक्षा पनि लिएका थिए ।

संस्कृत विश्वविद्यालयबाट ज्योतिषशास्त्रमा आचार्य गरेका पौडेल अहिले नेपाली साहित्यमा स्नातकोत्तर गर्दै छन् । उनी औपचारिक तथा अनौपचारिक रुपमा संगीतका कक्षाहरु पनि लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment