Comments Add Comment

सलोनसँग रिस्ताको प्रेम, यस्तो छ ‘एउटा साथी’

euta-sathi
चलचित्र ‘होस्टेल’ हिट भएपछि एकाएक चर्चामा आएका निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत अब ‘एउटा साथी’ मार्फत दर्शकमाझ आउँदैछन् । संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको यो सिनेमामा सलोनका साथमा रिस्ता बस्नेत, अनु शाह, जोन तामाङको मुख्य भूमिका छ ।

यूवापुस्तामा लोकप्रिय मानिएका सलोनका लागि यो सिनेमा चल्नु जरुरी छ । कारण, ‘होस्टेल’मा देखिएको उनको क्रेजकै कारण धेरै निर्माताले उनीमाथि लगानी गरेका छन् ।

रामचन्द्र खनालको निर्माणमा बनेको सिनेमाका कार्यकारी निर्माता भने किशोर रुम्बा हुन् । कात्तिक १४ गतेबाट देशभरका हलमा लाग्न लागेको यो सिनेमाका गीतसंगीतले चर्चा पाइसकेका छन् । जसका कारण पनि संचारकर्मी सुवेदी ‘एउटा साथी’ चल्नेमा ढुक्क छन् । प्रेम, मित्रताको कथाले यूवापुस्ताको भावना बोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment