Comments Add Comment

उषा, ऋचा र सुनिताले नचाए दर्शकलाई

usha-poudel-us

भर्जिनिया । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित शुभकामना साँझमा नेपाली कलाकारले भरपुर मनोरञ्जन दिएका छन् । सुनिता दुलालको गीत, उषा पौडेल र ऋचा घिमिरेको नृत्य हेरेर मनोरञ्जन लिए अमेरिकामा बस्ने नेपालीले ।

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन बाल्टिमोर -बाना)ले आयोजना गरेको दशैं तिहार साँझमा नेपाली कलाकारले प्रस्तुति दिएका हुन् ।

केही हिन्दी सिरियलमा समेत अभिनय गरेकी उषा एक महिनादेखी अमेरिकामा छिन् । उनले मिलन लामाको गीतमा आकर्षक नृत्य गरेकी थिइन् ।bana-pic

उषा र ऋचाको नृत्य हेरेर दर्शकहरु निकै खुसी भएका थिए । साँस्कृतिक कार्यक्रममको सिलसिलामा अमेरिका पुगेकी सुनिता दुलालले आफ्ना विभिन्न गीत प्रस्तुत गरिनन् मात्रै अमेरिकामै रहेका प्रेमराजा महतले पनि नेपाली गीत गाएर दर्शकलाइ मनोरञ्जन दिए ।

सञ्जिब प्रधान र सरिश्मा अमात्यले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए । प्रतिभा गुरुङ, दिपा गुरुङ, रञ्जिता श्रेष्ठ लगायत स्थानिय कलाकारले पनि विभिन्न प्रस्तुति दिएका थिए ।

वाल्टिमोरमा सन २००४ मा स्थापना भएको उक्त संस्थाका अध्यक्ष विजय श्रेष्ठले कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए । बाल्टिमोरमा सामुदायिक भवन बनाउने उद्देश्यले कार्यक्रम गरिएको भन्दै अध्यक्ष थापाले सबैलाइ सहयोग गर्न आग्रह गरे ।

-विजय थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment