Comments Add Comment

लभरब्वाई आर्यानको एक्सन बिक्ला ?

फायल तस्वीर
फायल तस्वीर

काठमाडौ । रोमान्टिक हिरोको छबि कायम छ आर्यान सिग्देलको । उमेर ३० कटेपनि २०/२२ वर्षे तन्नेरीको भुमिकामा उनी पटक-पटक देखिएका छन् भने दर्शकले पनि उनको त्यो शैलीलाई स्वीकार्दै आएका छन् ।

मेरो एउटा साथी छ, कसले चोर्‍यो मेरो मन, नोभेम्बर रेन लगायतका चलचित्रमा ‘लभरब्वाइ’ का भुमिकामा देखिएका आर्यान पछिल्लो समय आफ्नो पहिचान बदल्ने सुरमा छन् ।

हँसिलो चेहरा र मायालु पाराले बोल्ने शैलीले पनि उनको ‘लभरब्वाइ’ चरित्रलाई टिकाइराखेको थियो । यद्यपि त्यही विचमा पनि उनले केही फिल्ममा द्वन्द्वका दृष्यमा समेटे । साढे दुई घण्टाको फिल्ममा केही मिनेटको एक्सनलाई रुचाएकै थिए । पुरै फिल्मभरि ‘एक्सन किङ’ का रुपमा प्रस्तुत भए भने दर्शकले स्वीकार्लान त ?

अहिले आर्यानको विषयमा यस्तै टिका टिप्पणी सुरु भएको छ । केही महिना अघि प्रदर्शन भएको फिल्म ‘लोफर’मा एक्सनपूर्ण भुमिका निर्वाह गरेका आर्यानको अभिनय राम्रै थियो भन्नेहरु धेरै थिए । तर, फिल्म चलेन ।

प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘अलबिदा’ का सन्दर्भमा पनि निर्माण पक्षले आर्यानको एक्सनलाई जोड तोडले प्रस्तुत गरेको छ । हेर्न बाँकी छ, उनको एक्सन फिल्मी बजारमा बिक्री हुने हो कि होइन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment