Comments Add Comment

हट डान्ससहित, हङकङमा नयाँ अवार्डको घोषणा (भिडियो)

keki-adhikari
अवार्ड सिनेकर्मी र सिनेमा नगरीको फाइदा र प्रचारका लागि गरिन्छ । तर, एकै स्थानमा छोटो समयको फरकमा दुई अवार्ड हुँदा त्यसले फाइदा खासै गर्दैन । नेपाल चलचित्र प्राविधिक संघले कात्तिक ३ गते हङकङमा अवार्डको आयोजना गर्दैछ । यसको तयारी यतिबेला जोडतोडका साथ भैरहेको पनि छ ।

तर, यसको ठिक ६ दिन पछि नै अर्को अवार्ड पनि हङकङमा गर्ने तयारी गरिएको छ । एकै स्थानमा एक साता लगतै अवार्ड गर्दा सिनेमा नगरी र कलाकारलाई फाइदा भन्दा पनि दौडधुप धेरै हुने देखिन्छ ।

‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ नाम दिइएको अवार्डका लागि २० विधामा नोमिनेशनको नाम सार्वजनिक गरिएको छ । नेपाली फिल्मको अवार्ड अन्तरराष्ट्रियकरण गर्ने उद्देश्यले गठित इन्फाले पहिलो चरणको कार्यक्रम नेपाल क्लब हङकङसँग सहकार्य गर्दै गर्न लागेको जनाएको छ । deepa-rima-nandita mala

विभिन्न २० विधासहित उद्धव पौडेललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने जानकारी दिइएको छ । नोमिनेशन सार्वजनिक कार्यक्रमको उद्घाटन सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले गरे । कार्यक्रममा ६० जना कलाकार सहभागी हुने बताइएको छ ।

नोमिनेशन सार्वजनिक कार्यक्रममा केही नेपाली सिनेमाका कलाकारले आफ्नो नृत्य प्रस्तुत गरे । नायिका नन्दिता केसी, केकी अधिकारी, पि्रयंका कार्की, माला लिम्बु कलाकार यशराजले कार्यक्रममा नृत्य गरे । प्रल्हाद तिमिल्सिना र मिलन अमात्यले चर्चित गीतहरु गाएका थिए । यता, हाँस्यकलाकारद्धय जीतु नेपाल र विल्सन विक्रम राइले दर्शकलाई हसाँउने कोशिश गरे ।

इन्फा नेपालका अध्यक्ष निर्देशक दीपक श्रेष्ठ हुन् । नेफ्टा अवार्ड लगतै इन्फाले एउटै देशमा अवार्डको आयोजना गर्दा कलाकार भने विभाजित देखिएका छन् । सिनेमा नगरीको विकासका लागि गर्न लागिएको इन्फा अवार्डलाई केही समय पछि गरिएको भए अझ राम्रो हुने चर्चा हायात होटलमा सुनियो ।

केकी र यसराज


नन्दिता केसी

तक्मेको कमेडी


जितुको कमेडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment