Comments Add Comment

फिल्मका ‘ट्रेलर’ पनि फर्मुलामै, ट्रेलर हेरेरै थाहा हुन्छ कथा

jeryy-anmol-and-anna

कम्तिमा पाँच गीत, पाँच फाइट र रोनाधोनायुक्त संवाद नेपाली फिल्मका लागि अनिवार्य सर्त मानिन्थ्यो एक ताक । एउटै शैलीमा धेरै फिल्म निर्माण भएपछि दर्शकले हेर्न छाडे भने निर्माताहरु पनि शैली परिवर्तन गर्न वाध्य भए ।

अहिले फिल्म निर्माण गरे लगत्तै ट्रेलरको प्रचलन सुरु भएको छ । सामान्यः त फिल्मको वारेमा जानकारी दिँदै दर्शकलाई आकषिर्त गर्न निर्माण गरिन्छ ट्रेलर । विभिन्न अनलाइन, टेलिभिन र सिनेमा हलवाट समेत ट्रेलर मार्फत सिनेमाको विज्ञापन गर्न मिल्ने भएपछि निर्माता ट्रेलर निर्माणमा सक्रिय हुन थालेका छन् ।

तर, धेरै फिल्मको टे्रलर एकै शैलीको हुने गरेको गुनासो दर्शकले गर्न थालेका छन् । अहिले प्रशारण हुने प्राय फिल्मको ट्रेलर लगभग उस्तै हुन्छ । हिरो हिरोइनको रोनाधोनायुक्त दृष्य, फाइट र गीतलाइ प्रायले राखेकै हुन्छन् । प्राय फिल्मको ट्रेलर हेरेरै विषय बस्तु कस्तो छ अनुमान गर्न सकिन्छ ।

आइटम डान्स अनिवार्य

पछिल्लो समय टे्रलरको समेत महत्वपूर्ण मसला बनेको छ आइटम डान्स । दर्शकले मन पराउन् वा मन नपराउन् प्रायले फिल्ममा आइटम डान्स राखे जस्तै ट्रेलरमा पनि अन्य दृष्यको तुलनामा केही सेकेण्ड बढी आइटम डान्सलाइ राख्ने चलन छ । ‘सरी ल’ देखी ‘श्री ५ अम्बरे’सम्ममा आइटम डान्सलाइ महत्व दिएवाटै बुझिन्छ । दर्शकमा नभए पनि निर्मातामा अझै बाँकी छ आइटम डान्स मोह ।

सुत्रभन्दा पर

केही निर्देशक भने ट्रेलरको विषयमा गम्भिर मात्रै छैनन, राम्रो बनाएका पनि छन् । कथा पढ्ने दर्शकले चलचित्रको विषय बस्तु बुझेपनि चलचित्र ‘झोला’ को ट्रेलर हेरेर दिक्क मान्दैनन् । ट्रेलरमा प्रयोग भएको संगीत दृष्यले दर्शकलाई उत्सुक बनाउँछ ।

ट्रेलर हेरेरै अनुमान

रेखा थापा निर्देशित फिल्म ‘हिम्मतवाली’ को ट्रेलर हेरेपछि चलचित्रको विषयबस्तु अनुमान गर्न गार्‍हो पर्दैन । अर्का निर्माता छबिराज ओझाले पनि सजिलै बुझिने ट्रेलर बनाउँछन् । ‘लज्जा’ निर्माता ओझा दर्शकलाई बुझाउनकै लागि ट्रेलर बनाएको दाबी गर्दै भन्छन ‘ट्रेलर बुझिने भयो भने मात्रै फिल्म चल्छ ।’

रेखा र छबि मात्रै हैन बुझिने ट्रेलर बनाउनु पर्ने पक्षमा धेरै निर्माता सहमति जनाउँछन् । प्रदर्शनकै तयारीमा रहेको स्टुपिड मन, सरी ल लगायतका फिल्मका ट्रेलर हेरेर पनि फिल्मको विषयबस्तु अनुमान गर्न समय खर्चिन पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment