Comments Add Comment

विरेन्द्रको ‘विचार’मा शिल्पाको जवानी (भिडियो)

bichar-bimochan
‘एनआरएन नेपाली तारा कतार २०१३’ का विजेता विरेन्द्र श्रेष्ठको एकल एल्बम ‘बिचार’ सार्वजनिक भएको छ । बरिष्ठ गायक प्रेमध्वज प्रधानले यो एल्बमको बिमोचन गरे । एल्बममा गायिका मिलन अमात्य र रजिना रिमालले दुइवटा गीतमा स्वर दिएका छन् ।

एल्बममा गौरव दर्पण, अर्जुन पोख्रेल, बसन्त सापकोटाले संगीत भरेका छन् । एल्बममा समावेश गीतमा भावन पाठक, आनन्द श्रेष्ठ, चर्चित, गौरव पाठकले शब्द कोरेका छन् ।

कार्यक्रममा ‘रहेको आफू रोए पनि’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । यो भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा मोडल शिल्पा पोख्रेल र पल शाहले मोडलिङ गरेका छन् । कार्यक्रममा एल्बमसँग आबद्ध श्रष्टाहरुलाई मायाको चिनो पनि वितरण गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment