Comments Add Comment

राजनीतिक कारणले ‘आगो २’ सेन्सर नभएको आरोप

aago-2

राजनीतिक पूर्वाग्रह राख्दै आफ्नो सिनेमा ‘आगो २’को सेन्सर रोकिएको यसको निर्माणपक्षले जनाएको छ । सेन्सर गर्नेहरुले विभिन्न प्रश्नहरु सोझाउँदै सेन्सर प्रक्रिया रोकिदिएको आरोप यसका प्रस्तुतकर्ता किसान पोख्रेलले लगाएका छन् ।

उनले सेन्सरमा वाधा भएको खण्डमा क्षतिपूर्ति र फिल्म प्रदर्शनको लागि अदालतसम्म पुग्ने चेतावनी  दिए । चलचित्रका काठमाण्डौ वितरक गोपाल कायस्थले सेन्सर बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलका कारण सेन्सर हुन नसकेको आरोप लगाए ।

उनले सिनेमाले नराम्रो सन्देश दिने भन्दै सुरेशले अध्यक्षलाई सेन्सर नगर्न अनुरोध गरेको आफूले सुनेको बताए । कायस्थले राजनीतिक प्रतिशोधका कारण सिनेमाको सेन्सर हुन नसकेको बताए । यता, निर्देशक मदन घिमिरेले भने सिनेमाले राजनीतिक बिषयभन्दा पनि सामाजिक बिषयलाई उठान गरेको बताए ।

उनले भ्रष्टाचारको बिषय सिनेमामा उठान भएकाले यसले कुनै पक्षलाई असर नगर्ने दाबी गरे । नायक सुशिल क्षेत्रीले ‘आगो’ जस्तै ‘आगो २’ पनि सेन्सरको लफडामा फसेको भन्दै चिन्ता प्रकट गरे । असोज ३१ गते प्रदर्शन हुन नसकेपछि मंसिर १२ लाई नयाँ मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment