Comments Add Comment

पर्दा पछाडिका कृष्णको चलचित्र यात्रा र समाजसेवा

krishna
दर्जन नेपाली सिनेमामा निर्माण व्यवस्थापकको काम गरेका कृष्ण घिमिरे ८ बर्षदेखि अष्ट्रेलियामा छन् । अष्ट्रेलियामा बसेर व्यवसाय गर्दै आएका उनी जीवनबाट सन्तुष्ट छन् । नेपाली सिनेमामा निर्माण व्यवस्थापक भएर काम गर्दा उनले धेरै कुरा भोगे, धेरै कुरा पाए पनि ।

यसैले आज उनलाई नयाँ देश र स्थानमा पुर्‍याएको छ । अष्ट्रेलियामा उनी सिनेमाको निर्माण, प्रदर्शन र वितरणमा व्यस्त छन् । उनले आफ्नै जीवनमाथि सिनेमा बनाउन लागेको बताए । आफ्नो संघर्षशिल जीवनलाई पर्दामा हेर्दा दर्शकको आँखा रसाउँने भनाई उनको छ ।

उनको कथालाई सिनेमामा ढाल्दैछन्, यम थापाले । कृष्णले आफू समाजसेवामा पनि अग्रसर भएको बताए । उनले स्थापना गरेको ‘कृष्ण हेल्पिङ ह्यान्ड फाउन्डेशन’ले सर्लाहीको घुर्कोलीस्थित ‘चेतना सन्देश नामक संस्था’मा रहेका २६ जना द्धन्द्ध पीडित बालबालिकालाई खानेकुरा वितरण यसै साता गरेको छ । यो फाउन्डेनशले ३ बर्षे बालिका जेशिका मोक्तानलाई एसएलसीसम्मको खाने, बस्ने र पढाई खर्च ब्यहोरिदिएको छ ।

यसैसाता हरिवनस्थित बासाटोल प्रावीका ५० बालबालिकालाई पाठ्यसामाग्री प्रदान गर्ने तयारी पनि गरेको छ, कृष्णको फाउन्डेशनले । आफ्नै जीवनमाथि कथा लेखिरहेका कृष्णले ‘पिजडा’बाट सुरु गरेको निर्माण व्यवस्थापकको काम ‘धनसम्पत्ती, उपहार, सावधान, क्रोध’सहित दर्जन संख्यामा पुग्यो । उनले आउँदो वैशाखमा सिनेमा क्षेत्रमा नयाँ प्रोजेक्ट लागू गर्ने योजना समेत सुनाए ।
उनले सिनेमा नगरीमा नै आफूले केही गर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment