Comments Add Comment

‘झोले’लाई अवार्डमा सहभागी गराइएकोमा आपत्ती, कानुनी उपचार खोजिने

jhole-poster
बुधबार हायात होटलमा सार्वजनिक गरिएको ‘इन्फा’ अवार्डमा अनुमती विना नै आफ्नो सिनेमा विभिन्न विधामा पारिएको भन्दै चलचित्र ‘झोले’को  निर्माणपक्षले आपत्ती जनाएको छ ।

आज विज्ञप्त जारी गर्दै  निर्माता टेकेन खड्का र निर्देशक दीपेन्द्र के खनालले अवार्डमा आफ्नो सिनेमा सहभागी भएको बिषयमा आफूहरुलाई नै जानकारी नभएको बताएका छन् । उनीहरुले आफूहरुले अवार्डमा सहभागीताका लागि अनुमती नदिएको बताएका छन् ।

आफ्नो सिर्जनलाई अनुमती विना नै अवार्डमा सहभागी गराउनु खेदजन्य भएको निर्माता-निर्देशकले बताए । ‘झोले’लाई तत्काल अवार्डबाट नहटाइए आयोजकविरुद्ध कानुनी उपचार खोजिने निर्माता र निर्देशकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘झोले’ लाई ४ वटा विधामा नोमिनेशनमा राखिएको छ ।jhole-ko-bigyapti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment