Comments Add Comment

उत्कृष्ट बिजनेश क्लास एयरलाइन्स अवार्ड कतार एयरवेजलार्इ

Quater-Airways
३० असोज, काठमाडौं । कतारको राष्ट्रिय एयरलाइन्स कतार एयरवेज यस वर्ष पनि उत्कृष्ट बिजनेश क्लास एयरलाइन्स बन्न सफल भएको छ ।

लन्डनस्थित डिल्टन होटल अन पार्क लेनमा आयोजना भएको बिजनेश ट्राभलर अवार्ड-२०१४ मा कतार एयरवेजले बेष्ट विजनेश क्लास एयरलाइन्स अवार्ड हात पारेको हो । कतार एयरवेज अघिल्लो वर्ष पनि यही उपाधीबाट सम्मानित भएको थियो ।

यसका साथै एयरवेजले सोही अवसरमा बेष्ट एयरलाइन्स, बेट लङ हउल एयरलान्स, बेष्ट इकोनोमी क्लास, बेष्ट मिडल इष्ट्रन एयरलाइन्स तथा बेष्ट क्याविन स्टाफ उपाधी हात पारेको छ ।

बिजनेश ट्राभल म्यागजिनका मतका आधारमा उक्त अवार्ड वितरण गरिदै आएको छ । एयरलाइन्सले यात्रुहरुलाई दिने सेवा, यसको रुट नेटवर्क, अन्य सेवाहरुको आधारमा पाठकहरुले भोटिङ गर्ने गर्छन ।

हालैमात्र कतार एयरले दोहादेखि लन्डनको रुटमा ए३८०  जहाजबाट हवाई सेवा सुरु गरेको छ । यो सेवाले उडानमा नयाँ आयाम थप्ने विश्वास कतार एयरवेजले लिएको छ ।

सेवा सुरु गरेको १७ वर्षको अवधिमा कतार एयरवेजले ठूलो फड्को मारिसकेको छ । कतारले अहिले १३७ एइरक्राफ्टबाट विश्वका विभिन्न १४४ गन्तव्यमा उडान भर्दै आएको छ ।

कतार एयरवेजले खासगरी यूरोप, मध्यपूर्व, अफि्रका, एशिया प्यासिफिक, दक्षिण अमेरिका र उत्तर अमेरिकामा उडान भरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment