Comments Add Comment

अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गमा लगानीका लागि मलेसिया तयार

Nijgadh-International-Airport-Final-2

३१ असोज काठमाडौं । मलेसियन लगानीकर्ताले बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं-तराई दु्रतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि प्रस्ताव राखेका छन् ।

मलेसियाका पूर्वमन्त्री दातोसेरी उतामा सामी भेल्लुको नेतृत्वमा नेपाल भ्रमणमा आएको लगानीकर्ताहरुको टोलीले शुक्रबार अर्थमन्त्री डा. रामशरण महतसँग भेट गरी लगानीको प्रस्ताव राखेका हुन् ।

सरकारी अधिकारीसहित आएको मलेसियन टोलीले मलेसिया सरकारल नेपाल सरकारसँग सीधै काम गर्न चाहेको बताएको थियो । उनीहरुको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा आधुनिक शहरको विकास गर्ने सोच पनि रहेको अर्थमन्त्रालयले बताएको छ ।

सो अवसरमा अर्थमन्त्री महतले नेपाल पर्यटनका दृष्टिले अत्यन्तै आकर्षक र सुन्दर देश भएको बताउँदै विश्वसँग एयर कनेक्टीभिटी बढाएर पर्यटक आकषिर्त गर्न चाहेको बताए । पर्यटन मात्र नभई उर्जा र कृषिको क्षेत्रमा पनि नेपालको सम्भावना अतुलनीय रहेको उनले चर्चा गरे ।

Malesian-udyogi-toli

जलविद्युतमा नेपालले सम्भावनाको एक प्रतिशत पनि उपयोग गर्न नसकेको अर्थमन्त्री महतले मलेसियन टोलीलाई जानकारी दिए । ताल, तलैया, जंगल सफारी, हिमाल आरोहण, रहन सहन तथा सांँस्कृतिक विविधता, भौगोलिक विविधता भएकाले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको उनले बताए ।

‘कृषि, पर्यटन र उर्जाको विकास गरी नेपाललाई उच्च आर्थिक बृद्धि र सम्पन्नताको बाटोमा लैजाने सरकारी अठोट रहेको छ’ महतले टोलीसँग भने ।

सरकारले आवश्यक निर्णय तत्काल गर्ने आश्वासन दिँदै मन्त्री महतले काम गर्नका लागि तुरुन्त प्रस्ताव पेस गर्न अनुरोध गरेका छन् ।

लगानीकर्ताको टोलीले तीनवटै काम निर्माण, सञ्चालन र हस्तान्तरण बूट नीति अन्तर्गत गर्न चाहेको जानकारी दिएका थिएका छन् ।

पूर्वमन्त्री भेल्लु भारत तथा दक्षिण एसियाका लागि मलेसियाका विशेषदूत पनि हुन । उनले सम्पूर्ण निर्माणका लागि साधन र स्रोत मलेसियाले नै ल्याउने जानकारी दिदै नेपालले जग्गा अधिग्रहण मात्र गरिदिनुपर्ने बताए ।

Nijgadh-International-Airport-Final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment