Comments Add Comment

कतार एयरवेजले घोषणा गर्‍यो ‘सेल एन्ड विन’ का बिजेता

Quater Airways Prize Distribution (1)

३ कात्तिक, काठमाडौं । कतारको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स कतार एयरवेजले ‘सेल एन्ड विन’ योजनाका विजेताहरु छनौट गरेको छ । एयरवेजले असार १६ गतेदेखि असोज १४ गतेसम्म उक्त योजना सञ्चालन गरेको थियो ।

एयरवेजले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी योजना अवधिभर सबैभन्दा बढी टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र एजेन्टहरुमध्येबाट लक्की ड्र गरी विजेता छनौट गरेको हो ।

लक्की ड्र मा मेगा बाइट ट्राभल्सका नील बहादुर ढकालले दुई सय सीसीको पल्सर बाइक जित्न सफल भएका छन् । उनले योजना अवधिभर ५० भन्दा बढी टिकट बिक्री गरेर लक्की ड्रमा परेका थिए ।

Quater Airways Prize Distribution (3)

त्यसैगरि, ग्रान्ड नियो मोबाइल एभरेष्ट मिराकल ट्राभल्सका सरिष्मा प्रजापति र मेगा बाइट ट्राभल्सका अनिक लामाले हात पारे । उनीहरुले ३० वटा भन्दा बढी टिकट बेचेर लक्की ड्रमा समावेश भएका थिए ।

विइङ हृयुमनको गिफ्ट भौचर पाउनेमा सुमेग ट्राभल्सका सञ्जीव पन्त, रिजेन्सी ट्राभल्सका टेकराज पौडेल र एभरेष्ट मिराकलका गोविन्द ओझा रहेका छन् । उनीहरुले योजना अवधिभर कम्तीमा १० वटा टिक बिक्री गरेर लक्की ड्रमा पर्न सफल भएका थिए ।

Quater Airways Prize Distribution (2) Quater Airways Prize Distribution (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment