Comments Add Comment

पदयात्रामा रोकावट नगरेको पर्यटन मन्त्रालयद्वारा स्पष्ट

Annapurna Rescue-2
४ कात्तिक, काठमाडौं । पर्यटन मन्त्रालयले मुलुकका सबै पदमार्ग खुला रहेको स्पष्ट पारेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै मन्त्रालयले सबै पर्यटकीय गन्तव्यका पदमार्गमा पदयात्राका लागि अनुमति दिने कार्य निरन्तर जारी रहेको स्पष्ट पारेको हो ।

बंगालको खाडीबाट आएको हुदहुद आँधीका कारण हिमाली क्षेत्रमा हिउँपहिरो गएर स्वदेशी विदेशी पदयात्रीहरुको ज्यान गएपछि सरकारले पदयात्रामा रोक लगाएको भन्ने समचार आएको थियो ।

मन्त्रालयले पदयात्रा अनुमति दिन रोक लगाएको भन्ने समचारमा कुनै सत्यता नरहेको बताउँदै कुनैपनि पदमार्गमा यात्रा गर्न रोक नलगाएको बताएको छ । मन्त्रालयले सबै पर्यटन गन्तव्यमा रहेका पदमार्गमा पदयात्रा अनुमति दिने कार्य निरन्तर जारी रहेको स्पष्ट पारेको छ ।

‘नियमित पदायात्रामा जाँनेहरुका कारण उद्दार कार्यमा असहज भएको भन्दै सबैको सहमतिमा सरकारले दुई दिनका लागि पदयात्रा गर्न रोकेको थियो’ टानका वरिष्ठ उपाध्यक्ष केशव आचार्यले भने- ‘अहिले सबै पदमार्ग खुलिसकेका छन्, सधैका लागि बन्द गरिएको भन्ने समचार गलत हो ।’

नियमित पदयात्रा हुँदा पुराना र नयाँ पदयात्री पहिचान गर्न नसक्दा उद्धारमा कठिनाई भएको हुँदा केही दिनलाई मात्र बन्द गरिएको वरिष्ठ उपाध्यक्ष आचार्यको भनाई छ । उनका अनुसार अहिले पदयात्रामा जाने स्वदेशी विदेशी पर्यटक बढिसकेका छन् ।

मन्त्रालयले पदयात्रा साहसिक एवं जोखिमपूर्ण रहेको हुँदा यस्तो कार्यमा जाँदा प्रयाप्त सुरक्षाका उपायहरु अपनाउनुका साथै एथोचित बीमासहित दक्ष पथप्रर्दशकको व्यवस्था गर्न व्यवसायीहरुलाई सचेत गराएको छ ।

केही दिन अगाडी आएको आँधीको प्रभावले पश्चिमाञ्चल क्षेत्रको अन्नपूर्ण ट्रेकिङ मार्ग लगायत मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा र डोल्पा जिल्लाको हिमाली क्षेत्रमा अप्रत्यासित हिमपात तथा हिमपहिरो आएपछि दर्जनौं स्वदेशी तथा विदेशी पदायात्रीले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment