Comments Add Comment

नेपाल वायुसेवा र भुटानको ड्रुक एयरबीच ‘कोड शेयर’ सम्झौता

४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम र भुटानको ड्रुक एयरलाइन्स कार्पोरेशनबीच कोड शेयर सम्झौता भएको छ । निगमको इतिहासमा यो नयाँ अभ्यास हो ।

NACयस प्रकारको सम्झौतामा एउटा कम्पनीको विमान सेवालाई अर्को कम्पनीले व्यापारिक सम्झौता गरी पारस्पारिक हितमा काम गरिन्छ ।

सम्झौता अनुसार काठमाडौं-मुम्वई-काठमाडौंबीच गरिने उडानमा ड्रुक एयरले अपरेटिङ क्यारियर र नेपाल वायुसेवा निगमले मार्केटिङ क्यारियरको रुपमा सेवा सञ्चालन गर्नेछन् ।

सम्झौतामा मंगलबार नेपाल वायुसेवा निगमका तर्फबाट कमर्सियल डाइरेक्टर रामहरि शर्मा र ड्रुक एयरका तर्फबाट कमर्सियल जनरल म्यानेजर नाम्गे वाङ्चुकले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment