Comments Add Comment

बस दुर्घटनामा छायांकार हरी लामा गम्भिर घाइते

hari-lama
आज बिहान नुवाकोटको बेलकोटमा भएको बस दुर्घटनामापरि नेपाली सिनेमाका छायांकार हरी घले लामा गम्भिर घाइते भएका छन् । चलचित्र ‘बितेका पल’ र ‘अधकट्टी’ सिनेमाका छायांकार लामाको अवस्था गम्भिर रहेको नेपाल चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनलाई अहिले उपचारका लागि काठमाण्डौको टिचिङ अस्पतालमा लगिदै छ । तिहार मनाउन घर जाने क्रममा बस दुर्घटनामा परि लामा गम्भिर घाइते भएका हुन् । बस दुर्घटनामा परि ७ जनाको निधन भएको छ । दुर्घटनामा परि ३० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment