Comments Add Comment

साथ खोज्दै सहिमा (भिडियो)

sahima
छोटो समयमा नै चर्चामा आउन सफल गायिका सहिमा श्रेष्ठले नयाँ एल्बम ‘सहिमाको श्रृङ्गार’मा समावेश ‘तिम्रो साथ पाए भने’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

यूवराज गुरुङको शब्द, महेश खड्काको संगीत रहेको गीतले कुनै यूवतीले यूवकको साथ खोजेको भाव बोकेको छ । गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा सहिमा आफैले कृष्णसँग मिलेर मोडलिङ गरेकी छिन् ।

भिडियोमा गोविन्द राइको नृत्य, सम्पादन तथा छायांकन नितिन चन्दकै छ । यो एल्बममा समावेश अन्य गीतहरुको पनि भिडियो निर्माण भैरहेको सहिमाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment