Comments Add Comment

इजिप्टको अस्तित्व खतरामा : राष्ट्रपति सीसी

९ कात्तिक, काठमाडौं । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सीसीले विदेशी शक्तिको कारण देशको अस्तित्व खतरामा परेको बताएका छन् । टेलिभिजनबाट प्रसारित सन्देशमा सीसीले इजिप्टलाई सिध्याउन विदेशीहरु पूरै शक्तिका साथ षडयन्त्रमा लागेको जिकीर गरे ।

Abdul-fataha-al-cc-final‘विदेशीहरुको उद्देश्य मिस्र र मिस्रवासीलाई अलग पार्ने हो,’ राष्ट्रपति सीसीले भनेका छन्, ‘मिस्र आफ्नो अस्तित्वको लडाईं लडिरहेको छ ।’

गत शुक्रबार सिनाइ प्रान्तको एल एरिश शहर नजिक भएका दुईवटा बम हमलाबाट ३१ सैनिकको मृत्यु भएपछि सीसीको यस्तो भनाइ सार्बजनिक भएको हो । उनले मिस्रलाई सिध्याउन को को लागेका छन् भनेर भने एकीनका साथ भनेका छैनन् ।

बम आक्रमणको जिम्मा कसैले पनि लिएको छैन ।

बम आक्रमणपछि सरकारले सिनाइ प्रान्तका केही स्थानमा तीन महिनासम्मका लागि आपतकाल घोषणा गरेको छ । यसैगरी मिस्रमा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

उत्तरी सिनाइमा सरकारले चरमपन्थी विद्रोहीहरु विरुद्ध अभियान चलाएपछि सेनालाई लक्षित गरी आक्रमण हुदै आएका छन् । सन् २०११ मा होस्नी मुबारकलाई सत्ताबाट हटाइएपछि सो क्षेत्रमा अशान्ति फैलिदै आएको छ ।

गत बर्ष पनि सेनाले मोहम्मद मोर्सीलाई राष्ट्रपति पदबाट हटाएको थियो । त्यसपछि चरमपन्थी विद्रोहीहरुको आक्रमण बढ्दै गएको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment