Comments Add Comment

‘एउटा साथी’ले बनाउला नयाँ पुस्ताको क्रेज ?

euta-sathi
सिनेमा क्षेत्र नयाँ पुस्तामा हस्तान्तरण हुँदै गएको छ । सिने क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार तथा निर्देशककै सन्तानले यही नगरीमा काम गर्न थालेका छन् । कात्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एउटा साथी’ यसैको उदाहरण हो ।

निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत र कलाकार वीपना बस्नेतकी छोरी रिस्ता बस्नेत सिनेमाका मुख्य कलाकार छन् ।
पुराना पुस्ताले बनाएको क्रेजलाई निरन्तरता दिन वा एउटा उचाइमा पुर्‍याउन नयाँ पुस्तालाई सजिलो छैन ।

संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको सिनेमालाई राम खनालले निर्माण गरेका हुन् । चलचित्रमा अनु शाह र जोन तामाङ पनि मुख्य भूमिकामा छन् ।

मित्रता, प्रेम र विछोडको कथा बोकेको यो सिनेमाका गीतसंगीतले राम्रै चर्चा पाएका छन् । नयाँ पुस्ताले आफ्नो क्रेज देखाउने मात्र नभएर ‘एउटा साथी’ संचारकर्मीका लागि पनि चुनौती बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment