Comments Add Comment

हङकङमा इन्फा अवार्ड, ‘नाइँ नभन्नु ल २’ हावी (फोटो कथा)

गोपाल दाहाल/श्रीधर पाैडेल

हङकङ ।  इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनमा पहिलोपटक हङकङमा इन्फा अवार्ड सम्पन्न भयो । आइतवार साँझ सम्पन्न भएको अवार्डमा ‘नाइँ नभन्नु ल २’ले सवैभन्दा धेरै सातवटा अवार्ड हात पार्‍यो ।
यन लङ थियटर हलमा आयोजित अवार्ड कार्यक्रममा नेपालबाट आएका सयौं कलाकारसहित करिव एक हजार जनाको उपस्थीति थियो ।

_MG_0409 copy

5G1B3964 copy

_MG_9860 copy

नेपालका उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमानसिंहले उद्घाटन गर्नुभएको सो अवार्डमा २० वटा बिधामा अवार्ड बितरण गरिएको थियो ।
अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रमा बिशेष योगदान पुर्‍याएवापत निर्माता उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । यसैगरि शिव श्रेष्ठ- सर्वश्रेष्ठ नायक, मभुवन केसी- अभिनय तारा, विजय लामा- सुपर हिरो, गौरी मल्ल- कला प्रतिमूर्ति, स्पेसल रिकग्निसन अवार्ड- अविनाश गुरुङलाई प्रदान गरियो । सगरमाथा आरोहरण गरेका निशा अधिकारी र अर्जुन कार्कीलाई विशेष सम्मान प्रदान गरियो ।

इन्फा अवार्डका विजेताहरु
उत्कृष्ट फिल्मः नाइँ नभन्नू ल-२
निर्देशकः विकास आचार्य, नाइँ नभन्नू ल-२
अभिनेताः आर्यन सिग्देल, महसुस
अभिनेत्रीः नम्रता श्रेष्ठ, मौन
पटकथाः सुरज सुब्बा नाल्बो, बितेका पल
कथाः नवीन गौली, सुरज भुसाल, मौन
सहअभिनेताः सुरजसिंह ठकुरी, नाइँ नभन्नू ल-२
सहअभिनेत्रीः प्रियंका कार्की, नाइँ नभन्नू ल-२
खलअभिनयः झरना थापा, कोही त छ
हास्यअभिनयः सीताराम कट्टेल, ६ एकान ६
संगीतकारः वसन्त सापकोटा, नाइँ नभन्नू ल-२
गीतकार- कृष्णहरि बराल, नाइँ नभन्नू ल-२
गायक- प्रेम परियार, नाइँ नभन्नू ल-२
गायिका- मिलन अमात्य, काली
नृत्य- कविराज गहतराज, काली
नवअभिनेता- अनमोल केसी, होस्टेल
नवअभिनेत्री- सुजाता कोइराला, मञ्जरी
छायांकन- पुरुषोत्तम प्रधान, ढुवानी
सम्पादन- अनन्जय खड्का, साँघुरो
द्वन्द्व निर्देशन- राजेन्द्र खड्गी, नथिङ इम्पोसिबल
प|mेस फेस अवार्ड- मलिना जोशी, ऋतु
मस्ट पपुलर एक्टर- दयाहाङ राई
मस्ट पपुलर एक्ट्रेस- प्रियंका कार्की _MG_0247 copy
कार्यक्रममा अनुपविक्रम शाही, मलिना जोशी, माला लिम्बु, नन्दिता केसी, हङकङका कलाकार समूहले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने सञ्जीव लामा गीत, सीताराम कट्टेल र कुञ्जनाको प्रहसन र माल्भिका सुब्बाको उदघोषणले कार्यक्रममा रौनक थपेको थियो ।

कार्यक्रमका थप झलक हेर्नुहोस् तस्वीर ग्यालरीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment