Comments Add Comment

अनमोल केसी अप्ठ्यारा कि सरल ?

anmol-kc
नायक भूवन केसीका छोरा अनमोल केसी ‘होस्टेल’ सिनेमामा काम गरेपछि चर्चामा छन् । तर, दर्शकले यसपछि उनको कुनै पनि सिनेमा हेर्न पाएका छैनन् । कात्तिक २८ गतेबाट प्रदर्शनमा आउन लागेको उनको चलचित्र ‘जेरी’ चर्चामा छ ।

अनमोल केसीलाई सिनेमा अफर गर्नेहरु पनि छन् । तर, उनले अब आफ्नै पिता भूवन केसीको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्दैछन् । अनमोल केसीलाई सिनेमा खेलाउन गाह्रो छ भन्नेहरु पनि सुनिन्छन् । यसअर्थमा के उनी अप्ठ्यारा नायक हुन् त ?

विशेषगरी यूवतीको माँझमा आफ्नो क्रेज बनाएका अनमोललाई लिएर सिनेमा बनाउँदा चल्छ भन्ने मेकर पनि कम छैनन् । तर, अनमोल हतपत सिनेमा खेल्दैनन् । सार्वजनिक कार्यक्रममा निक्कै कम देखिने यी नायक मिडियाबाट पनि टाढा नै बसेको देखिन्छ ।

केही दिन अगाडि हङकङमा आयोजना भएको एक कार्यक्रममा पनि अनमोल निक्कै रहस्यमय देखिए । उनलाई आयोजकदेखि हङकङवासी नेपालीले कार्यक्रमको समयमा मात्र देखे । यसपछि, उनी कहाँ गए, के गरे पत्तो धेरैले पाएनन् । यसअर्थमा उनी के आफ्नो स्टारडम बनाउन खोज्दैछन् त ?

नायक भूवन केसीले बनाएको क्रेजलाई जोगाउनु र आफ्नै क्रेज बनाउनु उनका लागि चुनौती हो । यसैले, पनि उनी रिजर्व बसेको हुनसक्छ । ‘होस्टेल’मा रुचाइएका अनमोल ‘जेरी’मा कत्तीको गुलिया हुने हु्न्, केही दिनमै बक्स अफिसले देखाउनेछ । तर, अनमोल अप्ठ्यारा हुन् या सरल, धेरैले वुझेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment