Comments Add Comment

शिल्पा हाबी भएको ‘लज्जा’, आर्यनको के छ त काम ?

chabi-silpa-ana-aaryan
निर्माता छविराज ओझाले आफ्नो चलचित्र ‘लज्जा’ पत्रकार र केही चलचित्रकर्मीलाई देखाएका छन् । आज ललितपुरको गुण सिनेमा हलमा सिनेमाको प्रेस शो गरियो । सिनेमा हेर्नका लागि नायक आर्यन सिग्देल, नव कलाकार शिल्पा पोख्रेल, निर्माता छविराज ओझासहित विभिन्न सिनेकर्मी पुगेका थिए ।

गुण हलको निक्कै गुणस्तरहिन पर्दामा सिनेमा देखाइएकाले पनि ‘लज्जा’को वास्तविक रंग वुझ्न गाह्रो देखियो । नवल नेपाल निर्देशित यो सिनेमाले एक यूवतीको कथा बोल्छ । aaryana-and-subash-giri

आर्यन भन्दा शिल्पा हाबी

प्रचारमा जस्तै सिनेमा भित्र पनि कलाकार शिल्पा पोख्रेल नै हाबी देखिएकी छिन् । नारीप्रधान सिनेमा भएकाले पनि उनको भूमिकालाई दमदार बनाइएको हुनसक्छ । विशेषगरी, सिनेमाको अधिकांश दृश्यमा शिल्पा एकलौटी हाबी भएकी छिन् ।

आर्यन सिग्देल सहायक रोलमा देखिएका छन् । शिल्पाको पछि लाग्ने र उनलाई साथ दिने काम मात्र आर्यनको छ । चकलेटी केटाको भूमिकामा सुहाउने भएकाले पनि आर्यनलाई छविले यस्तो भूमिका दिएका छन् । तर, शिल्पाको भूमिकाले आर्यनलाई खासै उठ्न दिएको छैन ।

राम्रो कुरा के त ?

नारी संवेदनालाई निक्कै आकर्षक तबरले खेल्न सक्ने निर्देशक नवल नेपालले ‘लज्जा’ निर्देशन गरेका हुन् । सिनेमाले महिलाहरुको मन छुन सक्छ । कारण, एक यूवती र उसको विवशतालाई निर्देशकले मन छुने तबरले देखाउन खोजेका छन् । सिनेमाको गीत राम्रा छन् । विशेषगरी, ‘मात लाग्यो’ बोलको गीतले दर्शक नचाएको छ । नारी प्रधान र भावूक सिनेमा रुचाउने दर्शकका लागि ‘लज्जा’ हेर्नलायक छ ।

कमजोरीबाट अछुतो छैन ‘लज्जा’

‘लज्जा’को पहिलो भाग निक्कै ढिलो अगाडि बढ्छ । विशेषगरी, शिल्पा पोख्रेलको परिचय गराउन निर्देशकले निक्कै समय लगाएका छन् ।

एक यूवती र उसले जीवन धान्न आफ्नै शरीर वेच्नु पर्ने कथामा यो सिनेमा बनेको छ । आर्यन सिग्देलको भूमिका ठिकठाक लागेपनि शिल्पाको भूमिका जति दमदार छ, अभिनय सुधार गर्नुपर्ने धेरै छ । आफ्नो आवाज नहुँदा शिल्पाको अभिनयलाई पहिचान गर्न गाह्रो देखिन्छ । अर्कोतिर, संवाद र दृश्य धेरै दोहोरिएका छन् । सिनेमाको लोकेशन पुरानै छन् ।

सन्देश के त ?

छविराज ओझा नारीप्रधान सिनेमा निर्माण गर्न माहिर छन् । उनले बनाएको यो चलचित्रले पनि समाजमा नारीको वाध्यतालाई पस्केको छ । आफ्नो शरीर वेच्नु नारीको वाध्यता हो र उसलाई समाजले तिरस्कार गर्नु हुदैन भन्ने कथामा ‘लज्जा’ बनेको छ । जुन, एक सकारात्मक सन्देश हो ।

शिल्पाको भविष्य कस्तो होला ?

पहिलो सिनेमामा शिल्पाको अभिनयलाई प्रशंसा गर्नैपर्छ । सिंगो सिनेमा हाकेकी उनले काम राम्रो गरेकी छिन् । निर्देशक नवल नेपालले पनि सकेको काम निकालेका छन् । तर, शिल्पालाई पर्दामा सोचेजस्तो आकर्षक देखाइएको छैन । शिल्पाले आफ्नो शरीरको मेन्टेन गर्नु जरुरी छ । शरीर मेन्टेन र अभिनयमा केही सुधार गरेको खण्डमा उनको भविष्य राम्रो तबरले अगाडि बढ्न सक्छ ।

शुक्रबारबाट देशभरका करिब ५ दर्जन हलमा प्रदर्शनमा आएको यो सिनेमाले व्यापार पनि गतिलो गरेको छ ।यो चलचित्रले ३ दिनमा ७८ लाखको व्यापार गरेको निर्माता छविराज ओझाले जानकारी दिएका छन् । बलिउडको ठूलो सिनेमासग भिडन्त गरेतापनि ७८ लाखको व्यापारलाई निक्कै राम्रो मान्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment