Comments Add Comment

२ हट हिरोइनसँग आर्यन र ध्रुव भन्दैछन् ‘लास्ट राम्रो’

aabeg-pic
मुखमा झुण्डने खालका गीतहरुले बजारमा चर्चा पाएपछि सिनेमा बनाउनेहरु पनि यसैलाई महत्व दिइरहेका छन् । सिनेमाको व्यापारलाई इनिसियल बनाउन यस्ता खालका चटपटे गीतले ठूलो भूमिका खेलेको पाइन्छ ।
यसैक्रममा, फाल्गुण १५ गते प्रदर्शन मिति तय गरिएको चलचित्र ‘आवेग’को एक गीत सार्वजनिक गरिएको छ । ‘सोल्टीले नाचेको लास्ट राम्रो’ बोलको गीत श्रोता तथा दर्शकको मुखमा झुण्डने निर्माणपक्षको विश्वास छ ।
सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो सिनेमालाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य र अर्चना डेलालाको मुख्य भूमिका छ । चलचित्रमा नायक आर्यन सिग्देललाई एक्सन अवतारमा देख्न सकिन्छ ।
सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत, सूर्य कार्कीको शब्द छ । गीतमा संगीतकार बुढाथोकी र मनिषा पोख्रेलले स्वर दिएका छन् । सार्वजनिक गीतमा २ कलाकार अर्चना डेलाला र पवित्रा आचार्यलाई हट देखाइएको छ । २ हिरोको अवतार पनि निक्कै फरक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment