Comments Add Comment

पश्चिम नेपालका कलाकारको मौलिक देउसी-भैलो

khana-daha-bhailo-dance६ कात्तिक, काठमाण्डौ । लोकगीतसँगै आजकल देउसी भैलो गीतहरु पनि आधुनिक बन्दै गएका छन् । जसले गर्दा मौलिक शब्द, नृत्यका देउसी भैलो दुर्लभ बनेका छन् ।
यो तिहारमा पत्रकार उमेश चौहानले पश्चिम नेपालको मौलिक देउसी भैलो पस्किएका छन् ।
तिहारको अवसरमा पश्चिम नेपालको देउसी भैलो भिन्नै शैलीको छ । खासगरी अर्घाखाँचीमा भैलो खेल्दा पुरुषहरुले महिलाको पहिरन लगाएर मारुनीको भुमिकामा नाच्छन् भने बीचमा सेतो कपडा लगाएर नाच्नेलाई पुर्सुङगे भनिन्छ । सामूहिक नाचको नेतृत्व पुर्सङगेले गर्छन् ।
भट्याउने, भैलो भन्ने र बाँसुरी बजाउनेले पृष्ठभूमीबाट सहयोग गर्छन् । भैलोमा गर्रा, ख्याली र सोरटी पनि नाचिन्छ, यसरी भैलेहरुले प्रत्येक घरमा चार/पाँच वटा प्रस्तुति दिएपछि मात्र विदा माग्छन् ।
तिहारको अवसरमा अर्घाँखाँचीको खनदहमा खेलिएको भैलो पत्रकार उमेश चौहानले संकलन गरेर ल्याएका छन् । आँगनमा पुगेपछि भैलेहरुले प्रस्तुत गर्ने पहिलो नाचमात्र यो भिडियोमा छ । अरु नाच आगामी तिहारमा क्रमशः प्रस्तुत गर्दै जाने चौहानले बताएका छन् ।

हेर्नुहोस भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment