Comments Add Comment

इबोलाको संक्रमण घट्दै, जोखिम भने कायमै

Ebola-death-body१३ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लाइबेरियामा इबोला भाइरसको संक्रमण दर घट्दै गएको जनाएको छ ।
पश्चिम अफ्रिकी मुलुक लाइबेरिया इबोलाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

डब्लु एचओका अधिकारीहरुले हाल लाइबेरियामा इबोला नियन्त्रण गर्न सफलता मिल्दै गएको बताएका छन् । यद्यपी इबोलाको संकट भने अझै टरिनसकेको डब्लूएचओले जनाएको छ ।

इबोलाबाट ५ हजार जनाको ज्यान गैसकेको अनुमान गरिएको छ । रेडक्रसका अनुसार गत हप्ता लाइबेरियामा १ सय १७ शव भेटिएका थिए ।

इबोला भाइरसबाट लाइबेरिया, सियरालियोन र गिनीका नागरिक बढि प्रभावित छन् ।

यसअघि डब्लूएचओले आफ्ना कर्मचारीहरुको अक्षमताको कारण इबोला भाइरसको संक्रमणको दर बढेको निष्कर्ष निकालेको थियो । डब्लूएचओको आन्तरिक प्रतिवेदनमा कर्मचारीहरुबीच चुस्त गतिमा सूचना आदान प्रदानमा कमी भएकाले इबोला भाइरस विरुद्धको अभियान अपेक्षा गरिएभन्दा प्रभावकारी नभएको उल्लेख गरिएको थियो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment